प्रथम गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि स्याङ्जालाई, सर्वोत्कृष्ट खेलाडी हरि पाण्डे

पाेखरा | पुस १०, २०७९

प्रथम गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि स्याङ्जालाई, सर्वोत्कृष्ट खेलाडी हरि पाण्डे

पोखराः   पोखरामा  सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । 


पोखरा रंगशाला भलिबल कोर्टमा आज (आइतबार) भएको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । 

 


स्याङ्जाले २१–२५, २५–२३, २५–२३, ३०–२८ र १५ १३ को अङ्कको सेटमा पराजित गरेको थियो । 

 


प्रतियोगितामा जिल्ला भलिबल संघ नवलपुर तृतिय र कास्की जिल्ला भलिबल संघ सात्वना भएको थियो । 


प्रतियोगितामा प्रथम भएको स्याङ्जाले २ लाख, द्धितिय भएको बागलुङले १ लाख, तृतिय भएको नवलपुरले ५० हजार र सात्वना भएको कास्कीले २५ हजार प्राप्त गरेका छन् । 

 

यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी जिल्ला भलिबल स्याङ्जाका टिम क्याप्टेन हरि पाण्डे, उत्कृष्ट सर्भर जिल्ला भलिबल नवलपुरका टिम क्याप्टेन घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देबु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, सेटर बागलङका टिम क्याप्टेन मीन सुनार र उत्कृष्ट टिम कोच स्याङ्जा जिल्ला भलिबल संघका राजेन्द्र शर्मा घोषित भए उनीहरु नगद १०/१० हजार पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका टिम क्याप्टेन पाण्डेले २० हजार पुरस्कार प्राप्त गरे । 


गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । प्रतियोगिता पुष ६गतेदेखि १० सम्म भएको थियो । 


 

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्